काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन आज भएको छ।
डेंगु संक्रमित थिए।उनको उपचार ग्राण्डी अस्पतालमा भईरहेको थियो र उपचारकै क्रममा उनको आज बिहान निधन भएको हो ।
उनी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति समेत थिए ।काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा आज बिहान ११ बजे मुकुन्द रिजाल प्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ जानकारि दिएको छ









