दाङमा एक व्यक्तिद्वारा ३ जनामाथि खुकुरी प्रहार, एक महिलाको मृत्यु

Spread the love

दाङको तुलसीपुरमा भएको दुखद घटनामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ भगवती टोल निवासी ४३ वर्षीया रीता लामिछाने रहेको छ । शनिबार दिउँसो २ः३० बजे रीता लामिछानेमाथि टेकबहादुर हमालले खुकुरी प्रहार गरेको हुन । आक्रमण हुँदा उनी आफ्नै घर अगाडि थिइन्, । घटनाबारे प्रहरी निरीक्षक नवराज केसीको निगरानीमा स्थानीय प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको छ ।

यसबाहेक, खुकुरी आक्रमणमा अन्य दुई जना घाइते भएका छन्। घाइते ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमाल दुवैको अहिले राप्ती क्षेत्रीय अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कमलाकुमारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

आक्रमणकारी टेकबहादुरलाई प्रहरीले पक्राउ गरी हाल प्रहरी हिरासतमा राखेको छ । उनी आफ्नै घरभित्रै पक्राउ परेका थिए । उनले डिप्रेसनका लागि औषधि सेवन गरेको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP