सामाजिक अभियन्ता ईःले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिएर धर्ना दिने घोषणा गरेका छन् ।ईःले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत नगरपालिकाले विभिन्न बजारका फुटपाथ हटाउने निर्णयको विरोध गर्ने घोषणा गरेका हुन।
उनले भोलि दिउँसो मंगलबार ३ बजेदेखि महानगरपालिका अगाडि विरोध प्रदर्शन गर्ने बताए । ललितपुरको भिजनप्रति चिन्ता व्यक्त गर्दै उनले फुटपाथ निषेध गर्ने नगरपालिकाको निर्णयमा पुनर्विचार गर्न आग्रह गरे ।ईःले फुटपाथलाई नहटाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै यसको सट्टा उचित योजना बनाउन अधिकारीहरूलाई आग्रह गरेका छन। यसअघि ईःले काठमाडौं महानगरपालिका अगाडि ९ दिनसम्म लगातार उभिएर धर्ना दिएका थिए । ईःले काठमाडौं महानगरपालिको विरोध गर्दा ललितपुर महानगरपालिकाले फुटपाथ बजार व्यवस्थापन राम्रो काम गरको भन्दै उदाहरण दिने गरेका थिए ।
Leave a Reply