पाकिस्तान हार्यो ,भारत र श्रीलङ्का बिच फाइनल

Spread the love

एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह—आयोजक श्रीलङ्काबीच हुने छ । विहीवार राति श्रीलङ्काले पाकिस्तानसँगको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा विजय भएको छ। श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो र  फाइनलमा प्रवेश गरेका छन्। यसअघि भारत पनि एसिया कपको फाइनलमा पुगेको थियो ।फाइनल भारत र श्रीलङ्का बिच   आगामी आइतबारमा श्रीलङ्काको कोलम्बोमा खेलिनेछ ।

खेल वर्षाका कारण मात्र ४२—४२ ओभरमा खेलिएको थियो। पाकिस्तानले टस जित्दै पहिले ब्याटिङ गर्दै ४२ ओभरमा सात विकेट गुमाएर २५२ रन बनाएको थियो।  श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो।जसमा आठ विकेट गुमाएर २ विकेटले जित हासिल गरेको थियो ।

श्रीलङ्काका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे र उनले केवल ८७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काए। सदिरा सामराबिक्रमाले पनि ४८ रनको योगदान गरे र उनले ५१ बलमा चार चौका प्रहार गरे। यसका बाद, श्रीलङ्काका ब्याटिङमा दुई ब्याट्सम्यानले एक सय रनको साझेदारी गरेका थिए।

श्रीलङ्काको जितमा चरिथ असालंका नायक बने, उनले अविजित ४९ रन बनाए, जसमा उनले ४७ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरेका थिए।

पाकिस्तानको पालीमा अन्य ब्याट्सम्यानहरूको प्रदर्शन राम्रो थिएन। अब्दुल्लाह सफिकले ५२ रनको योगदान गरे, उनले ६९ बलको सामना गरी दुई छक्का र तीन चौका प्रहार गरे, र विकेटकिपर ब्याट्सम्यान रिजवानले ८६ रनको योगदान गरे, उनले केवल ७३ बलको सामना गरी दुई छक्का र ६ चौका प्रहार गरे ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP