बर्दियाको ठाकुरबाबा नगरपालिकाले बेतहानी सामुदायिक वन उपभोक्ता समूहका सात जनाको ज्यान गएपछि आइतबार एक दिन शोकको घोषणा गरेको छ ।
शुक्रबार साँझ शमशेरगञ्जमा भ्रमणबाट फर्कलेबेला बस दुर्घटना भएको थियो । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं ९ का ५ र वडा नं ७ का १ जना रहेका छन् । मृत्यु हुनेमा काशीराम थारु (५० वर्षीय), कस्तुरी थापा (५५), रुपा परियार (५०), जयन्ती थारु (४०) रहेका छन् । ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ का बस चालक चानुराम थारु (६५), जुगबहादुर चन्द (५५) र बर्दिया नगरपालिका वडा नम्बर ७ का सहायक बसन्त कार्की (३४) रहेका छन् र गाडीका सहयोगी बारबार्दिया नगरपालिका-७ का ३४ वर्षीय बसन्त कार्कीको मृत्यु भएको थियो ।
आज आइतबार मृत्यु भएकाहरूको सामूहिक अन्त्येष्टि गरिएको छ । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस र ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो।
Leave a Reply