निरही सरकार र आश थामेर बसेका विपिन जोशीका बा-आमा

Spread the love

हमास विद्रोहीले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दै इजरायलसहित विभिन्न मुलुकका नागरिकहरुलाई बन्दी बनाएर लगेको थियो । त्यसमा नेपालका विपिन जोशी पनि सामेल छन् । जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका थिए । अक्टोबर ७ को आक्रमणमा सोहि कार्यक्रम अन्तरगत गएका १० जना नेपालीको घटनास्थलमा मृत्यु भएको थियो ।

गत मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालस्थित कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए । नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो ।

मन्त्री साउदले मंसिर ८ कतारका अर्का विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।

कतार उड्नुअघि परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइका विषयमा इजरायल सरकारका प्रतिनिधिसँग पनि संवाद गरेका थिए । उनले इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए । मन्त्री साउदले यस अघि नेपालका लागि इजयलका राजदूत हनान गोदरसँग पनि मंसिर ७ मा जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । परराष्ट्रमन्त्रीले अमेरिका भ्रमणका दौरान अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनसँग पनि जोशीको रिहाईको लागि आग्रह गरेका थिए ।

यस बिचमा  ११० जना बन्दी रिहाई भइसकेका छन तर नेपालका विपिन जोशीलाई भने हमासले अझै बन्दी बनाएको छ।यस बिचमा सरकारले आफ्ने कुटनितिक पहल गरेपनि ,सफल हुन सकेको छैन्।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP