चौधरी ग्रुपले (सीजी) दशैं बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदुरहरु आन्दोलित भएका छन् । दुम्कौलीस्थित सिजी ब्रुअरीको उद्योगले बोनस नबाँडेको भन्दै आन्दोलित कर्मचारीले कम्पनीका व्यवस्थापनका अधिकारीहरुलाई समेत कुटपिट गरेका छन्
बुधवार बिहानैदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरहरुलाई रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए । वार्तामा बसेर छलफल गर्न व्यवस्थापन तयार नभएको मजदुरहरुको दाबी छ । कम्पनीले नाफा कमाइरहे पनि बाहनाबाजी गरेर बोनस नबाँडिएको मजदुरहरुको गुनासो छ । नेपाल आइस, मुस्ताङ लगायतका बियर उत्पादन गर्दै आएको कम्पनीमा ३ सयभन्दा बढी मजदुर कार्यरत छन् ।
Leave a Reply