आज छठ पर्वको मुख्य दिन

Spread the love

 आज छठ पर्वको मुख्य दिन सूर्यलाई अर्घ दिएर हर्षोल्लासका साथ मनाउने दिन हो । छठ पर्वको विशेष आकर्षण तराई–मधेस क्षेत्रका सबै जिल्ला र काठमाडौंलगायत विभिन्न स्थानमा देखिन्छ । आज साँझ भक्तजनले अस्ताउँदो सूर्यलाई भक्तिपूर्वक पूजा अर्चना र अर्घ दिनेछन् । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन हुनेछ ।

बरतालुले रातभरि जागर राखी भोलि बिहान सूर्यलाई अर्घ्य दिनेछ । छठको दोस्रो दिन खरना नामले चिनिने व्रत पूरा भएको हो । सूर्यदेवको आराधना गरी मनाइने चार दिनसम्म चल्ने यो पर्वमा भक्तजनले गर्ने विशेष पूजा र अनुष्ठान, बरतालुले इष्टदेवको पूजा र खरना समारोहको समापन हुन्छ।

तराई क्षेत्रमा विशेष उत्साहका साथ मनाइने यो पर्व पछिल्लो समय देशका अन्य भागमा पनि लोकप्रिय हुँदै गएको छ । सत्य र अहिंसाप्रतिको भक्ति र सबै प्राणीप्रति सहानुभूति अभिवृद्धि गर्ने महान् पर्व छठ चार दिनसम्म मनाइन्छ ।

तराई क्षेत्रका नदी, नहर र पोखरी छठ पर्वका लागि सजिएका छन् । काठमाडौंमा गुह्येश्वरीदेखि गौरीघाटसम्म पूजा–आराधनाको व्यवस्था गरिएको छ ।

छोरा, पति र परिवारको कल्याणका लागि षष्ठी देवीको पूजाआजा गर्न प्रोत्साहित गर्ने यो पर्वलाई भक्तिपूर्वक पूजा गर्दा शुभ फल दिने विश्वास गरिन्छ। छठसँग जोडिएको व्रत अनुष्ठानले मनोकामना पूरा हुने गरी सकारात्मक फल प्राप्त गर्ने जनविश्वास छ ।सो अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP