Ratopiro Khabar

सत्य र सहि संचार

अस्पतालमै बालिकाको मृत्यु

Spread the love

सोमबार उपचार गराउन आएकी मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमै मृत्यु भएको थियो।यो घटनालाई अस्पताले सुनुवाइ नगरेपछि।

उनका आफन्तले आन्दोलन गर्दै आएका थिए र बल्ल आज कान्ति बाल अस्पतालले समिति गठन गरेको छ र सो घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ । अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सदस्यमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *