Ratopiro Khabar

सत्य र सहि संचार

मध्य जाडोमा पनि डेंगुका बिरामी

Spread the love

 पुस महिना जाडोको मध्य जाडोको महिनामा पर्छ। सामान्यतया जाडो महिनामा लामखुट्टे देखिदैनन् तर यो पुस महिनामा पनि       शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा तीन दिनको अन्तरालमा एकदेखि दुईजना बिरामीमा डेंगु संक्रमण पुष्टी हुन्छ । देशभरी, वीर, टिचिङ,बुटवल,नेपालगन्ग,बिरगन्जका  अस्पतालमाहरुमा  डेंगीका केस देखिइरहेका छन् ।

काठमाडौंको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री  सेल्सियसबीचमा रहँदा डेंगी सार्ने लामखुट्टे अझै किन सक्रिय छ ? यो पछिल्लो समय आम नागरिक र किटजन्य रोगका सरोकारवालाहरूको चुनौतीको विषय यही बनिरहेको छ ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार पछिल्लो चार वर्षयता कुनै पनि महिना डेंगी केस शून्यमा झरेको छैन । गतवर्ष सन् २०२२ को नोभेम्बरमा ४ हजार २९० र डिसेम्बरमा ४८३ केस रिपोर्ट भएको थियो ।

यो वर्ष नोभेम्बरमा २ हजार १२२ र डिसेम्बर २२ सम्म ३७१ डेंगीका केस देखिएका छन् । डिसेम्बरमा काठमाडौंमा मात्रै ३३ जना संक्रमित देखिएका छन् । यो वर्ष डिसेम्बर २२ सम्म ५१ हजार ३२३ जना संक्रमित भएको र संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

डेंगी संक्रममण सर्ने एडिस जातको लामखुट्टेको प्रजनन्का लागि १६ डिग्री सेल्सियस वा सोभन्दा माथिको तापक्रम उपयुक्त हुने किटजन्य रोग विशेषज्ञ उक्तम प्याकुरेल बताउँछन् ।  “लामखुट्टेले पानीभन्दा ५ सेन्टिमिटर माथि सुख्खा ठाउँमा अण्डा पार्छ, सो अण्डा पानी र उपयुक्त तापक्रम पाए एक वर्षसम्म पनि प्रजनन् हुनसक्छ र एकपटक डेंगी संक्रमण बोकेको लामखुट्टेका सन्ततीले सँधै संक्रमण सार्ने जोखिम रहिरन्छ,” प्याकुरेल भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *