धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेदेखि आगोलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायत पसलमा क्षति पुगेको कैलालीका प्रमुख प्रहरी निरीक्षक (एसपी) देवेन्द्र पालले जानकारी दिए ।
आफूले सञ्चालित सुज सेन्टरमा सर्ट सर्किट भएर आगलागी भएको स्थानीय दलबहादुर भण्डारीले बताए । धनगढी, गोदावरी र पूर्णवास नगरपालिकाका चार दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको एसपी पालले जानकारी दिए ।
आगो नियन्त्रणको प्रयासमा जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्वमा नेपाली सेनाको तेघारी ब्यारेक र कैलालीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर कम्पनीको टोली समेत सहभागी भएको थियो ।
घटनामा सारथी अस्पताल र भण्डारी सुज सेन्टरसहित अन्य आठ पसलमा लाखैको क्षति पुगेको छ
आगलागीबाट क्षति भएका पसलहरू –
१. सारथी अस्पताल कैलाली
२. मधुमाला देवी सप
३. भट्ट सपिङ्ग सेन्टर
४. सुभिक्षादेवी सपिङ्उ सेन्टर
५. न्यु सदीक्षा इन्टरप्राईजेजी
६. भण्डारी सु-सेन्टर
७. भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर
८. भट्ट ट्रेडर्स एण्ड सप्लायर्स
Leave a Reply