दुर्गा प्रसाईंले हल्लाई दिए सरकार ,७ मंसिरको सुरक्षा व्यवस्थापनमा सेना सहित ४ निकाय खटिने

Spread the love

चिकित्सा व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि काठमाडौंमा ‘राष्ट्र, राष्ट्रियता, संस्कृति र नागरिक बचाउ अभियान’ घोषणा गरेका छन् । विगत एक महिनादेखि यस अभियानको तयारीमा रहेका प्रसाईंले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

आइतबार जारी विज्ञप्तिमा प्रसाईले मंसिर ७ गतेदेखि आफ्नो अभियानअन्तर्गत अन्य समूहबाट हुने सम्भावित मानवअधिकार उल्लङ्घनलाई नजिकबाट नियाल्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरेका छन् । अभियानअन्तर्गत प्रसाईंले मंसिर ७ गते  कार्यक्रम तय गर्दै ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न स्थानबाट माइतिघर मण्डलमसम्म र्‍याली गर्ने तयारी गरेको छ ।

एमाले नेता महेश बस्नेतको नेतृत्वमा युवा संघको आन्दोलनले पछिल्लो समय तीव्रता दिएको छ र त्येसै दिन कार्यक्रम गर्ने बताएको छ । बस्नेत र प्रसाईं सार्वजनिक रुपमा आपसी आरोप प्रत्यारोपमा उत्रिएका छन् । केही समयअघि युवा संघका कार्यकर्ताले प्रसाईलाई कालो मोसो दलेका थिए । जसका कारण प्रसाई र बस्नेतबीच तनाव बढेको छ ।

मंसिर ७ गते तय भएको कार्यक्रममा दुई पक्षबीच झडपको सम्भावना रहेको छ । प्रसाई र बस्नेत दुबैले माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ । यसका लागि रानीपोखरी प्रहरी कार्यालयका एआइजी दीपक थापालगायतका उच्च पदस्थ अधिकारीहरू सम्मिलित जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएको छ ।

एआईजी थापाले सम्भावित झडपबाट बच्न टुँडिखेल, चौथली, माछापोखरी क्रिकेट मैदान, नारायणचौरलगायतका दुवै समूहलाई वैकल्पिक स्थानको सुझाव दिए पनि प्रसाई र बस्नेत दुवैले माइतीघर मण्डलमा कार्यक्रम आयोजना गर्न कटिबद्ध देखिन्छन् ।

थप व्यवस्थाबारे छलफल गर्न सोमबार एआईजी थापासहितको अन्तिम सुरक्षा बैठक बोलाइएको छ । मंसिर ७ गते हुने कार्यक्रमका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल  नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित अस्थायी सुरक्षा टोली गठन गरिने छ ।

राष्ट्र बचाउ अभियानका केन्द्रीय सदस्य अनन्त प्याकुरेलले आज रत्नपार्कमा कार्यक्रम गर्न अनुमति मागेको जानकारी दिएका छन् । दिउँसो ३ बजेपछि दुवै समूहलाई प्रशासनले जानकारी दिने एआईजी थापाले बताए । उनले भने, ‘अहिलेसम्म दुवै समूहले विभिन्न स्थानमा एकान्तर कार्यक्रम गर्ने अनुमान गर्दै सुरक्षा योजना बनाइरहेका छौँ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP