नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन र चिकित्सा व्यवसायी दुर्गा प्रसाईंको राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक संरक्षण महाअभियानको आयोजना गरेको प्रदर्शनका लागि काठमाडौं उपत्यकामा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । ।
प्रदर्शनका क्रममा सम्भावित घुसपैठ र अनाधिकृत घटना हुन सक्ने भन्दै काठमाडौं उपत्यकामा बृहत् सुरक्षा योजना लागू गरिएको छ । उपत्यका प्रहरी कार्यालयका महानिरीक्षक लालमणि आचार्यको निर्देशनमा कमाण्ड सेन्टरको नेतृत्वमा एकीकृत विशेष सुरक्षा योजना कार्यान्वयनमा आएको हो ।
कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) को टोलीसहित सशस्त्र प्रहरी जवान गरी ७ हजार सुरक्षाकर्मी काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि हतियारसहित परिचालन गरिएको छ।भेला भएका क्षेत्रमा समेत सादा पोशाकमा सुरक्षाकर्मी तैनाथ छन् साथै ड्रोनबाट पनि निगरानी गरिने छ ।
युवा संघ र प्रसाई नेतृत्वको समूहले बल्खु क्षेत्रमा प्रदर्शनलाई केन्द्रीकृत गर्ने योजना बनाएका छन् । मुख्य प्रदर्शन हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालिएको छ भने मार्गमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रसाई नेतृत्वको समूहले साना थिमी परीक्षा नियन्त्रण कार्यालय, गोङ्गा भुचोक, स्वयम्भू, कलङ्की, ज्वालाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार, चाबहिल चोकबाट र्याली गर्ने घोषणा गरेको छ ।
यसका साथै युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ । प्रदर्शनकारीहरूको सुरक्षा सुनिश्चित गर्न र आन्दोलनको क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो।
Leave a Reply