Ratopiro Khabar

सत्य र सहि संचार

भूकम्पले जाजरकोटमा ठुलो क्षति ,लगातार ४ ठुला झटका

Spread the love

शुक्रबार राति जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएपछि त्यसपछिका तीन वटा पराकम्पन गएको थियो ।

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार राति ११ बजेर ४७ मिनेटमा, १२ बजेर ८ मिनेट जाँदा, १२ बजेर २९ मिनेटमा र १२ बजेर ३५ मिनेटमा क्रमशः ६.४, ४.५, ४.२ र ४.३ रेक्टर स्केलको चारवटा महत्वपूर्ण भूकम्प गएको थियो ।

भूकम्प यता, प्रारम्भिक भूकम्पमा १२८ जनाको ज्यान गएको र परकम्पका कारण १३ जनाको मृत्यु भएकोमा जम्मा १४१ जनाको ज्यान गएको छ । प्रहरी प्रतिवेदनमा जाजरकोटमा ९२ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन् ।

यसबाहेक पश्चिम रुकुममा भूकम्पका कारण ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् र धेरै जनधनको क्षति भएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *