नेपालवाट २ महिनामा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत भारत निर्यात

Spread the love

नेपाल विद्युत प्राधिकरणले दुई महिनामा पाँच अर्ब रुपैयाँभन्दा बढीको विद्युत बिक्री गरेको जनाएको छ । साउन र भाद्र महिनामा नेपालले भारतमा विद्युत निर्यात गरी ५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको थियो । साउनमा १ अर्ब ९४ करोड रुपैयाँको बिजुली निर्यात भएको थियो भने भद्रमा ३ अर्ब ४८ करोड रुपैयाँको बिजुली बिक्री भएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्राधिकरणले साउनमा प्रतियुनिट ८.१२ रुपैयाँ र भाद्रमा प्रतियुनिट १२.२७ रुपैयाँमा विद्युत् भारतलाई बिक्री गरेको थियो । यी दुई महिनामा विद्युतको कुल औसत बिक्री मूल्य प्रति युनिट रु १०.३७ रहेको छ । नेपाललाई भारतीय नियामक निकायले ६३१ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएको छ र थप प्रसारणलाइनको मर्मर पछि थप विद्युत भारत निकासी गर्न सकिने बताइन्छ।

 

 

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP