मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

Spread the love

     चालू आर्थिक वर्ष २०८०/८१ को अनुसार भाद्र मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ३.९ प्रतिशतले बढेको छ ।’ नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार कुल असारमा  १५ खर्ब ३९ अर्ब ३६ करोड रहेकोमा भाद्रमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ ।

भद्रमा रहेको विदेशी विनिमय सञ्चितिले १२ दशमलव ६ महिनाको वस्तु आयात र १० दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकको मूल्याङ्कनले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनाले भुक्तानी सन्तुलन र चालु खातामा सकारात्मक प्रवृत्ति देखाएको छ ।

त्यसैगरी, देशको विदेशी मुद्रा सञ्चितिले वार्षिक वस्तु आयातको ११.७ प्रतिशत छ, जसले सञ्चितिमा एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको जनाउँछ।

कुल विदेशी विनिमय सञ्चितिमा नेपाल राष्ट्र बैंकसँग १ हजार ४६९ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग १२९ अर्ब ५९ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ ।

कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २१.०७ प्रतिशत रहेको छ । पछिल्लो दुई महिनामा आयात ५.२ प्रतिशतले घटेको छ भने निर्यात ८.२ प्रतिशतले बढेको छ । यी दुई महिनामा समग्र व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

भदौ मसान्तसम्म सरकारको कुल खर्च १४ अर्ब ३१ अर्ब १४ करोड र राजस्व सङ्कलन १४ खर्ब ११ अर्ब ४१ करोड रहेको छ । सोही अवधिमा व्यापक मौद्रिक प्रसारण संयन्त्रमा १२.५ प्रतिशतले कमी आएको छ भने निजी क्षेत्रको कर्जाको शुद्ध प्रवाह ७ प्रतिशतले बढेको छ । वार्षिक आधारमा यस्तो मौद्रिक प्रसारण १३.२ प्रतिशतले बढेको छ भने निजी क्षेत्रको ऋण ४ प्रतिशतले विस्तार भएको छ ।”

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP