‘पशुपतिप्रसाद–२ : भष्मे डन’ ले पहिलो दिनमै २ करोड ४० लाख रुपैयाँ कमायो

Spread the love

नेपाली फिचर फिल्म ‘पशुपतिप्रसाद–२ : भष्मे डन’’ले रिलिजको पहिलो दिनमै २ करोड ४० लाख रुपैयाँ कमाएको छ । फिल्म रिलिजको दिन शनिबार निर्देशक दीपेन्द्र खन्नालले यो जानकारी दिएका हुन् ।

देशभरका झण्डै ३ सय स्क्रिनमा व्यापक रिलिज भएको चलचित्रले दर्शकमाझ उल्लेखनीय उत्साह पैदा गरेको छ । ‘पशुपतिप्रसाद–२ : भष्मे डन’लाई दीपेन्द्र खनालले निर्देशन गरेका हुन् भने कथा खगेन्द्र लामिछानेले लेखेका हुन् ।जसलाई नेपालि दर्शकले मन पराएका छन।यो फिल्मले यो वर्ष रेकड कमाइ गर्ने आकलन गरिएको छ ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा खगेन्द्र लामिछाने र वर्षा शिवाकोटीको पनि विशेष भूमिका छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP