Ratopiro Khabar

सत्य र सहि संचार

सभापति शेरबहादुर देउवा आफैँले एउटा समूह चलाए, नेपाली कांग्रेसका पार्टी चलाएनन्: गगन थापा

Spread the love

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट बाँड्ने टिकट न्यायपूर्ण ढङ्गले वितरण गर्नुपर्ने बताएका छन् । साथै उनले गएका तीनवटा निर्वाचनमा पार्टीले उम्मेदवार छनोट गर्दा कुनै पनि मापदण्ड नअपनाएको गुनासो पनि गरेका छन् । सभापति शेरबहादुर देउवा आफैँले एउटा समूह चलाए जसरी पार्टीमा गतिविधि गरेको थापेको आरोप  छ ।बुधवार कांग्रेसको संस्थापन इतर पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सोही कारण इतर पक्षको भेला बसेर सभापतिको कार्यशैली र आगामी राष्ट्रियसभा निर्वाचनमा अपनाउनुपर्ने मापदण्डबारे छलफल गरेको बताए । पार्टी सभापतिले सबैसँग न्यायपूर्ण गर्नुपर्ने ठाउँमा पार्टी सभापति आफैँ एउटा समूहको संरक्षक जस्तो भएको थापाको भनाइ छ  सभापति शेरबहादुर देउवालाई विधानको पालना गर्दै अघि बढ्न दबाब बढाउने निष्कर्षसहित बैठक सकिएको हो।

‘यो पटकको राष्ट्रिय सभाको निर्वाचनमा दुईवटा कुरामा प्रस्ट हुनुपर्छ भन्नेमा हामी प्रस्ट छौ । त्यो भनेको मापदण्ड र न्याय’, महामन्त्री थापाले भने, ‘कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा जाँदै गर्दा राष्ट्रियसभाको संविधान र राष्ट्रियसभाको जुन स्पिरिट छ यो सबै कुराको आधारमा जो साथीहरू योग्य हुनुहुन्छ, जसले अहिलेसम्म मौका पाउनुभएको छैन, जसले यसअघि निर्वाचनमा भाग लिन पाउनुभएको छैन ती साथीहरूलाई पठाउनुपर्छ ।’त्यस्तै उनले यो समूहले यति पाउनुपर्ने उति पाउनुपर्ने भन्दा पनि न्यायपूर्ण हुनुपर्ने बताए । ‘सभापतिले यो पटक राष्ट्रियसभाको टिकट बाँड्दै गर्दा सिङ्गो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ? सिङ्गो कांग्रेसको सभापति बनाउने हो र हामी त्यो प्रयत्न गर्ने हो’, महामन्त्री थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *