राष्ट्रियता, राष्ट्रवाद, धर्म, संस्कृति तथा नागरिक संरक्षण अभियानका संयोजक दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठनको घोषणा गरेका छन् । आइतबार भक्तपुरमा पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले गाउँदेखि नगरपालिकासम्मको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यले चलिरहेको राष्ट्रव्यापी अभियानको ढाँचामा यही महिनाको अन्त्यसम्ममा नागरिक सरकार स्थापना हुने बताए । उनले राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंको वसन्तपुरमा ज्ञानेन्द्र शाहको हातबाट बालेर वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रसहित परिवर्तनको घोषणा गर्ने बताए ।
आफ्ना माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले अभियानका दबाबमूलक कार्यक्रमहरूलाई उनले उजागर गरे । प्रसाईले आफ्ना विगतका आन्दोलनको सफलताप्रति सन्तुष्टि व्यक्त गर्दै अहिलेको आन्दोलन थप केन्द्रित हुने उल्लेख गरे ।
प्रसाईले बैंक तथा लघुवित्तको राष्ट्रियकरण, निक्षेपमा सरकारको दायित्व, अति विपन्न व्यक्तिका लागि ऋण न्यूनीकरण, ऋण चुक्ता गर्ने लचकता सुनिश्चित गर्ने, कठोर संघीय संरचना खारेज गर्ने, प्रदेशको विकास र संरचनासँग सम्बन्धित विभिन्न सरोकारलाई सम्बोधन गर्नेलगायतका विभिन्न माग प्रस्तुत गरेका थिए ।
for more video news














Leave a Reply