Ratopiro Khabar

सत्य र सहि संचार

भारतीय क्रिकेट खेलाडीले जर्सी नम्बर १० र ७ प्रयोग गर्न नपाउने

Spread the love

भारतीय राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले अबदेखि ७ नम्बर जर्सी प्रयोग गर्न नपाउने निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गरेको छ। यो घोषणा बीसीसीआईले दुई खेलाडीको “संन्यास” को घोषणाको उनिहरुको योगदानको सम्मानको लागि गरिएको हो। भारतीय क्रिकेट खेलाडीहरूको जर्सी नम्बर ७ र यसअघि, बीसीसीआईले जर्सी नम्बर १० लाई रिटायर्ड घोषित गरेको थियो, जुन नम्बर सचिन तेन्दुलकरले प्रयोग गर्ने गरेका थियो। तेन्दुलकरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि बीसीसीआईले अन्य खेलाडीलाई १० नम्बर जर्सी प्रयोग गर्न दिएको  थिएन ।

अब जर्सी नम्बर १० को अतिरिक्त बीसीसीआईले जर्सी नम्बर ७ लाई पनि रिटायर्ड घोषणा गरेको छ ।जर्सी नम्बर ७  भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले लगाउँथे ,। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी समेत गरेका थिए र खेलकुदमा महत्वपूर्ण योगदान दिएका छन् । धोनीको योगदानको कदर गर्दै बीसीसीआईले अन्य खेलाडीलाई ७ नम्बर जर्सी नदिने निर्णय गरेको छ ।

अब भारतीय क्रिकेट टोलीमा डेब्यू गर्ने खेलाडीहरूलाई प्लेइङ इलेवनमा उनीहरूको स्थानको आधारमा जर्सी नम्बरहरू तोकिने छ। तर, जर्सी नम्बर १० र ७ को रिटायरसँगै अब खेलाडीहरूलाई यी दुई प्रतिष्ठित नम्बरहरू बाहेक अन्य नम्बरहरू बाँडफाँड गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *