Ratopiro Khabar

सत्य र सहि संचार

IPL अक्सनमा नै परेनन् नेपाली खेलाडीको

Spread the love

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा नेपालबाट कुनै पनि खेलाडी समावेश भएका छैनन् ।बीसीसीआईले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा नेपाली क्रिकेटरको नाम छैन ।
पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेलेकाले नेपालबाट केही खेलाडी अक्सनमा पर्ने आशा थियो । तर कुनै पनि खेलाडी समावेश भएनन् ।

यस पटक एसोसिएट राष्ट्रबाट जम्मा दुई खेलाडी मात्र अक्सनको सूचीमा छन् । जसमा नामिबियाका डेविड वाइजा र नेदरल्याण्ड्सका पउल भान मिकेरेन छन् ।३३३ मध्ये २१४ भारतीय खेलाडी छन् भने ११९ विदेशी खेलाडी छन् । अक्सनबाट बढीमा ७७ खेलाडी मात्र लिलामी हुनेछन् । जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।आईपीएल २०२४ का लागि अक्सन डिसेम्बर १९ मा दुबईमा हुनेछ ।

भिडियो समाचारको लागि लिंकमा click गर्नुहोस

https://youtu.be/4DyftnSewLs

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *