जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ र घाइते सयैमा

Spread the love

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको  भूकम्पबाट प्रभावितहरुको उद्धार कार्य अन्ततिर गएको  अधिकारीहरुले जानकारी दिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार दिउँसो अबेरसम्म भूकम्प पीडितको उद्धार कार्य जारी रहेको छ ।

उनले भने, ‘अहिले केही घर मात्रै बाँकी रहेकाले उद्धार कार्य जारी छ ।

एसएसपी भट्टराईका अनुसार दुवै जिल्लामा मृत्यु हुनेको संख्या १५७ पुगेको छ । जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख एसपी नामराज भट्टराईले पनि केही घरको उद्धार हुन बाँकी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताए ।

हालसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको उनले बताए ।

दुई जिल्लामा १  सयभन्दा बढी गम्भीर र मध्यम घाइते छन् । गम्भीर घाइतेमध्ये २७ जनालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा थप बिरामीको उपचार भइरहेको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP