Ratopiro Khabar

सत्य र सहि संचार

भुइँचालो परि नगरपालिकाका उपप्रमुख मृत्यु

Spread the love

 शुक्रबार रातिको भुइँचालो जाजरकोटकी नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदाउकमको मध्य भाग खलंगास्थित माथिल्लो थाप्ले क्षेत्रमा रहेको आफ्नै घरमा थुनिएकी थिइन् । जिल्ला प्रहरी प्रमुख (डिएसपी) किशोर श्रेष्ठले घटनाको पुष्टि गरेका छन् ।

उद्धार गरी जिल्ला अस्पतालमा उपचारका क्रममा सरिता सिंहको ज्यान गएको डिएसपी श्रेष्ठले जानकारी दिए । उपमेयरको निधन भएको मेयर सिंहका भाइ जयसिंह र नलगाड नगरपालिकाका सूचना अधिकारी जुना शाहीले पनि पुष्टि गरेका छन् ।

२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट सरिता सिंह नलगाड नगरपालिका वडा नम्बर ८ बाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।

पश्चिमी नेपालमा हालै आएको ६.४ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १२८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *