Ratopiro Khabar

सत्य र सहि संचार

जुम्लामा अटो दुर्घटनामा दुई जनाको मृत्यु ,एक जना घाइते

Spread the love

जुम्लाको हिमा गाउँपालिका–१ बड्कीमा भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा अटो चालक ४५ वर्षीय पदम शाही र ४२ वर्षीय बाली रोकायाको घटनास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले उक्त जानकारी दिए ।

जुम्लाको हिमा गाउँपालिका–१ नागमबाट देवरगाउँ जाँदै गरेको अटो (रजिष्ट्रेसन नम्बर : भ ३१९७) आज बिहान दुर्घटना भएको हो । झण्डै ४१ वर्षीय नन्द रोकायालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *