बिरामीको मिर्गौला झिक्ने अस्पताललाई कारवाही

Spread the love

 कैलाली जिल्ला प्रशासन कार्यालयले धनगढीमा अवैध रुपमा सञ्चालित दुई अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएको छ । धनगढीको चटकपुरस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पताल र सञ्जीवनी अस्पताललाई विना अनुमति चलाएको भन्दै बन्द गर्न निर्देशन दिइएको छ ।

यो निर्देशन  अघि स्वस्तिक अस्पतालले मृगौलाको पत्थरीको अप्रेसनको क्रममा एक बिरामीको मिर्गौला झिकेपछि बिरामीको ज्यान गएको थियो । मिर्गौलाको पत्थरीको शल्यक्रिया गल्तीका कारण बिरामीको ज्यान गुमाएकाले उनीहरुको शल्यक्रियामा गम्भीर चिन्ताको विषय बनेको थियो ।

स्थानीय प्रशासनको आदेशपछि बुधबारदेखि यी अस्पतालहरु बन्द हुने भएका छन् । बन्दको रेखदेख गरिरहेका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘हामीले प्रहरीलाई पत्र पनि लेखेका छौं, स्वेच्छाले बन्द नगरे हामी आफैं बन्द गर्छौँ ।

 जिल्लामा अस्पताल सञ्चालन गर्दा १५ शैयाको अस्पताल सञ्चालन गर्न स्थानीय निकायको स्वीकृति लिनुपर्ने व्यवस्था छ भने २५ शैयाको अस्पताल सञ्चालनका लागि प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP