नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई आज काठमाडौँको भृकुटीमण्डपमा जनताले खुकुरी हानेका छन ।नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्यामबाबु सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेका हुन् ।
रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुद ढुंगेलले सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको जानकारि दिए।
श्यामबाबु सापकोटाले महेन्द्र यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । घाइते महेन्द्र टाउकोमा सामान्य चोट लागेको छ ।उनि खतरामुक्त अवस्थामा रहेका बताईन्छ र उनको उपचार भइरहेको छ।








