कुलमान घिसिङलाई आफ्नै कार्यालयमा प्रवेश निषेध

Spread the love

 नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज देखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका  उच्च कर्मचारीलाई कार्यालय परिसरमा प्रवेश निषेध गर्ने घोषणा गरेका छन् ।

कात्तिक १२ गतेदेखि सातबुँदे माग गर्दै नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियन र कर्मचारी सङ्घले कार्यकारी निर्देशक, प्रशासनिक तथा लोकसेवा विभागका प्रमुखलगायत उच्चपदस्थ अधिकारीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । सबै क्षेत्रीय कार्यालय प्रमुखहरु आज कार्तिक १९ गते बिहान ११:१५ देखि १२:१५ सम्म, भोलि कार्तिक २० गते बिहान ११:१५ देखि १२:४५ सम्म र कार्तिक २१ गते बिहान ११:१५ बजेदेखि देखि १:१५ सम्म।

आन्दोलनरत कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने यो निर्णय उनीहरुको जारी आन्दोलनलाई उजागर गर्दै सार्वजनिक प्रदर्शन कार्यक्रमको हिस्सा हो । नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियनहरूले कात्तिक १२ गते पहिलो पटक ध्यानाकर्षण पत्र बुझाएदेखि नै संस्थागत वृद्धि र कर्मचारीको अधिकारमा जोड दिइरहेका छन् ।

कात्तिक १४ गते दोस्रो पटक सहमति तर व्यवस्थापनसँगको वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै सात युनियनको सहभागितामा कार्यालय परिसरमा प्रवेश निषेधलगायत तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

माग सम्बोधन नभएकाले कात्तिक २२ पश्चात पनि आन्दोलन जारी राख्ने कार्यक्रम रहेको उल्लेख छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP