Ratopiro Khabar

सत्य र सहि संचार

मनकामना केबलकार दशैंमा तीन दिन बन्द

Spread the love

 मनकामना केबलकार दशैंमा तीन दिन बन्द हुने भएको छ ।दशैंको नवमी, दशमी र एकादशीका दिन (कार्तिक ६, ७ र ८ ) गते बन्द हुने मनकामना दर्शन केबलकारका प्रबन्धक उज्ज्वल श्रेष्ठले जानकारी दिए ।

कात्तिक ९ गतेदेखि मनकामना केबलकार नियमित सञ्चालनमा आउने उपप्रबन्धक श्रेष्ठले जानकारी दिए । गोरखाको शहीद लखन गाउँपालिकामा अवस्थित मनकामना माताको दर्शन गर्न आउने तीर्थयात्रीलाई सहज पहुँच प्रदान गर्ने प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर १२ मिनेटमै चितवनको इच्छाकामना–४ कुरिनटारवाट जान सकिन्छ। मनकामना केबलकार नेपालको पहिलो केबलकार हो जसको लम्बाई २.८ किलोमिटर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *