मंसिर ७ लाई लक्षित गर्दै प्रहरी सर्च अपरेसनमा , हातहतियार ल्याउन सक्ने

Spread the love

उपत्यकाभित्र राजधानी प्रवेश गर्ने व्यक्तिको छानबिन गर्न प्रहरीले कडा निगरानी थालेको छ । उद्यमी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि उपत्यकामा प्रदर्शन गर्ने योजना घोषणा गरेपछि यो कारबाही भएको हो । प्रदर्शनमा सहभागीहरूले अनाधिकृत हतियार ल्याउन सक्ने चिन्ताका बीच अधिकारीहरूले उपत्यका भित्रका प्रवेश बिन्दुहरूमा गहिरो जाँच गरिरहेका छन्। यसका साथै प्रहरीले उपत्यकाका विभिन्न होटल र पार्टी प्यालेसमा नयाँ व्यक्तिको आगमनको अनुगमन र निगरानि कार्य बढाएको छ ।

प्रहरी स्रोतका अनुसार, “प्रसाईको अभिव्यक्तिले अशान्ति भड्काउने चिन्ता बढेको छ। केही प्रदर्शनकारीले लाठी र अन्य घरेलु हातहतियार ल्याउने डर छ। त्यसैले चेकपोस्टदेखि होटलसम्म खोजी गरिरहेका छौं।” तर, अहिलेसम्म उपत्यकामा शंकास्पद व्यक्तिको प्रवेश भने नभएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

प्रसाई र युवा संघको कार्यक्रममा सम्भावित झडप हुन सक्ने आशंकामा तीनकुने क्षेत्रमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईं र युवा संघका कार्यक्रम क्रमशः बल्खु र तीनकुनेमा  आयोजना गर्न अनुमति दिएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP