काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइएको छ । महानगरपालिकाले मंसिर २७ गतेदेखि निर्णय गरेअनुसार सुर्तीजन्य पदार्थ वस्तुको बिक्री, भण्डारण र प्रयोगमा रोक लगाउन नयाँ नियम लागू गरेको हो ।
मेयर बलेन साहले आफ्नो भौगोलिक क्षेत्रभित्र सुर्तीजन्य पदार्थवस्तुको बिक्रीवितरण, भण्डारण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यो निर्णयलाई सकारात्मक कदमका रुपमा हेरेपनि यसको प्रभावकारी कार्यान्वयनको चिन्ता छ ।
मेयर साहका विगतका लोकप्रिय निर्णयहरू, जसमध्ये केही कार्यान्वयनमा चुनौतिहरू सामना गरे पनि यो पछिल्लो निर्णय कार्यान्वयनमा देखिन सकेको छैन। यसअघि मेयरले असोज १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको घोषणा गरे पनि कार्यान्वयनमा कठिनाइ भइरहेको छ । साथै, मेयर साहले शहरभित्र खुला बजार र पटाका प्रयोगमा रोक लगाउने घोषणा गरे पनि ती उपायको प्रभावकारी कार्यान्वयन भने हेर्न बाँकी छ ।
पुरा समाचार हेर्न








