Ratopiro Khabar

सत्य र सहि संचार

दूध उत्पादन गर्ने किसानले पाएकाछैनन् महिनैको भुक्तानी

Spread the love

  दूधको माग घटेपछि बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने कम्पनीले किसानलाई समयमै भुक्तानी गर्न सकेका छैनन् ।जसको मार सिधा दूध उत्पादन गर्ने किसानलाई परेको छ।जसले महिनै दिनदेखिको भुक्तानी पाएकाछैनन्।

एसोसिएसनका संघका अध्यक्ष प्रल्हाद दाहालले विशेषगरी दूध र माखनको ‘स्टक’ अर्बौं रुपैयाँ पुग्दा किसानले समयमा भुक्तानी नपाएको बताए ।

दूधको मागमा कमी आएपछि दुग्ध उद्योगले किसानबाट निरन्तर दूध किन्ने र बढी भएमा धुलो दूधमा परिणत गर्ने गरेको छ । हाल अर्बौं रकम बराबरको धुलो दूध र बटर ‘स्टक’ हुँदा किसानले समयमै भुक्तानी नपाएका हुन।

आर्थिक मन्दी, छालाको गम्भीर रोग, सहरबाट मानिसको विस्थापन र अन्य कारणले दूधको मागमा कमी आएको हो । साथै, नेपालको उत्पादनभन्दा महँगो भारतबाट आयात हुने दूध र दुग्धजन्य पदार्थले पनि नेपाली किसानलाई असर गरेको दाहालले बताए ।

दशैंको चाडमा किसानले भुक्तानी नपाउँदा चुनौतीपूर्ण हुन्छ। स्टकको रूपमा कार्यशील पूँजीको अभावले डेरी उद्योगमा आर्थिक समस्या सिर्जना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *