मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी ढंगले बेचेको छ, जसले गर्दा आन्तरिक गोप्य विषयमा विभिन्न अड्कलबाजीहरु भइरहेका छन् ।एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको सेयर किनेको मूल्यभन्दा आजियाटाले ९५.३५ प्रतिशत कम जम्मा ६ अर्ब ६५ करोड रुपैयाँ मूल्यमा स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि किनबेच रहस्यमय देखिएको हो।
नेपालको कानुनी व्यवस्थाअनुसार आजियाटाले अबको ६ वर्षपछि आफ्नो सबै स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुने थियो । त्यसलाई रोक्न र मुनाफालाई सुरक्षित गर्न किनबेचको कारोबार गरिएको आशंका छ।एनसेलको लाइसेन्स २०८६ भदौ १६ गते २५ वर्ष पुगेर सकिँदै छ।
आजियाटा खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडमा नेपाली मूलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको लगानी भएको कम्पनीले खरिद गरेको हो। आचार्यको लगानी रहेको कम्पनी स्पेक्ट्रलाइटले मलेसियन टेक जायन्ट आजियाटा ग्रुपको ८० प्रतिशत सेयर किनेको हो।अहिलेको एनसेलको २० प्रतिशतको स्थानीय साभेदार सुनिभेरा कम्पनी पनि सतीशलालकै पारिवारिक लगानी रहेको कम्पनी हो। सतीशलालमार्फत एनसेलको ५० प्रतिशत सेयर नेपाली लगानीकर्तालाई बिक्री गरेर अबको ६ वर्षभित्र एनसेल सरकारको स्वामित्वबाट जान रोक्ने गरी किनबेच भएको स्रोतको दाबी छ।अहिले किनेका सतीशलालले पनि सेयर बेचेर नेपालीको ५० प्रतिशतमाथि पुर्याउने योजनाअनुसार किनबेच भएको विज्ञहरुको भनाइ छ।यसरी ६ वर्षभित्र स्वतः नेपाल सरकारको हुने सम्पती केहि व्यक्ति चलखेल गरी राज्यलाई ठुलो हानि गर्न लागि परेका छन्।यदि यसमा उनिहरु सफल भए भने यो नै नेपालको सबैका आँखा अगाडि भएको सबैभन्दा ठुलो भ्रष्टाचार हुने छ।
’दूरसञ्चार ऐन, २०५३ को दफा ३३ मा कम्पनीको कुल पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि स्वतः नेपाल सरकारको स्वामित्व हस्तान्तरण हुने व्यवस्था छ।
for more video News
https://youtu.be/AXmHCGIXCw8