नेपाल प्रहरीमा इन्स्पेक्टर र असिस्टेन्ट इन्स्पेक्टरका जागिर खुल्ला

Spread the love

नेपाल प्रहरीले इन्स्पेक्टर र असिस्टेन्ट इन्स्पेक्टरका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ९६ जना निरीक्षक र २६० सहायक निरीक्षक भर्ना गर्न लागेको जनाएको छ ।

जारी सूचनामा जिल्ला प्रहरी इकाइहरूमा इन्स्पेक्टर र सहायक निरीक्षक पदका लागि खुला प्रतिस्पर्धा हुने उल्लेख छ ।

निरीक्षक पदका लागि आवेदन दिने उम्मेदवारले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सहायक निरीक्षक पदका लागि आवेदन दिनेले प्रमाणपत्र वा सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्नेछ ।

इन्स्पेक्टर पदका लागि उम्मेदवार २० देखि २५ वर्षको बीचमा हुनुपर्छ भने सहायक निरीक्षक पदका लागि १८ देखि २४ वर्षको बीचमा उमेर हुनुपर्नेछ।

प्रहरी निरीक्षक र सहायक निरीक्षक दुवै पदका लागि आवेदन प्रक्रिया अनलाइन सञ्चालन गरिने र तोकिएको समयावधिभित्र दरखास्त बुझाउनुपर्ने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP