राष्ट्रिय स्वतन्त्रता पार्टीको आजदेखि घरदैलो अभियान शुरु

Spread the love

राष्ट्रिय स्वतन्त्रता पार्टी (रासवापा)ले आजदेखि घरदैलो अभियान शुरु गरेको छ । रास्वपाका महासचिव एवम् प्रवक्ता डा. मुकुल ढकालका अनुसार निर्वाचनको एक वर्ष पूरा भएको समय नजिकिएसँगै मतदाताप्रति कृतज्ञता व्यक्त गर्न र सुझाव सङ्कलन गर्न तीन दिने घरदैलो अभियान शुरु गरिएको छ ।

‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’ भन्ने नाराका साथ रास्वपाले घरदैलो अभियानको सुरुवात गरेको छ । पार्टी प्रवक्ता ढकालले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित सांसदसहित पार्टीका सदस्यहरुले मतदातासँग अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ ।

ढकालले भने, “निर्वाचन अघि मात्रै होइन, निर्वाचनपछि पनि घरेलु कार्यक्रम सञ्चालन गर्नेमा हामी विश्वास गर्छौं, यो हाम्रो मान्यतासँग मेल खान्छ।” मंसिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा भएको हो ।

पार्टीका उपाध्यक्ष कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यहरु प्रचारप्रसारमा सक्रिय रुपमा सहभागी हुने बताउनुभयो ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP