शो संख्या र राजस्व सेयरमा भएको असमानताप्रति असन्तुष्टि जनाउँदै फिल्म ‘दिमाग खराब’का निर्माताले प्रदर्शन रोक्ने निर्णय गरेका छन् ।
निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयको जानकारी दिएका हुन् । ‘हामीले समान व्यवहारको माग गर्दै विदेशी र नेपाली चलचित्रलाई समान प्रदर्शन र राजस्व बाँडफाँड नहुँदासम्म नेपालमा चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
निर्देशक बस्नेतले पनि फेसबुक लाइभ मार्फत यो जानकारी दिएका छन् । उनले भने, ‘मानिसहरु आउन उत्साही भए पनि हाम्रो लगानी सुरक्षित नभएको अवस्थामा कसरी मनोबल उच्च राख्ने ? जबसम्म स्वच्छ वातावरण नपाएसम्म फिल्म चल्दैनौँ । फिल्म प्रदर्शन गर्न कानुनी बाटो अपनाउने हो । ।”
Leave a Reply