Ratopiro Khabar

सत्य र सहि संचार

मानव तस्करले नेपाली युवालाई दुईवटा रूटको प्रयोग गरी लैजान्छन् रूसी सेनामा

Spread the love

नेपाली युवालाई रूसी सेनामा भर्ती गराउन लैजाने बाटोको बारेमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ र प्रारम्भिक अनुसन्धानबाट दुईवटा रूटको प्रयोग भइरहेको पाइएको छ। गिरोहले नेपाली युवालाई भिजिट भिसामा नेपालवाट यूएई लगेर त्यहाँबाट रूसी सेनामा भर्ती गराउन लैजाने र आर्को भारत हुँदै रूसी लैजाने गरेको खुलेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको प्रारम्भिक बयानका आधारमा नेपाली युवालाई यूएई हुँदै रुसमा लैजाने गरेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले  बताए ।प्रहरीले नेपाली युवालाई रुस लैजाने कार्यमा संलग्न रहेको आरोपमा महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, उनीहरुले रुसमा लैजान १२ लाख रुपैयाँसम्म लिएको पाइएको प्रारम्भिक सोधपुछमा खुलेको छ । नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर रुसी सेनामा भर्ती हुन पठाएको पाइएको प्रहरीले जनाएको छ ।

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि रुसी सेनामा रहेका नेपालीलाई फर्काइदिन सरकारले कुटनीतिक नोट समेत पठाएको छ । युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवालाई पनि लगेको पाइएको थियो । यद्यपि, यसरी कति नेपाली रुसमा पुगे भन्ने स्पष्ट छैन ।

रुसी सेनामा भर्ती भएका नेपालीहरुले सामाजिक सञ्जाल टिकटकमा भिडियो हालेपछि रुसी सेनामा नेपाली पनि भर्ती भएको खुलेको थियो । यसरी रुसी सेनामा भर्ती हुनेमा पूर्वप्रहरी, सेनादेखि सुरक्षागार्डका रुपमा काम गरिसकेकाहरु र बेरोजगार सोझा नेपाली युवाहरु छन् ।

for YouTube news login

https://youtu.be/Wm01IFsLUSc

Leave a Reply

Your email address will not be published. Required fields are marked *