Ratopiro Khabar

सत्य र सहि संचार

“एक भागवत र एक गीता” र “नाङ्गो गाँउ” ,२ मध्य कस्ले मार्ला बाजी

Spread the love

 हरितालिका तीजको अवसरमा पारेर आज दुईवटा नयाँ नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ र ‘नङ्गो गाउँ’ हलमा रिलिज भएका छन् । दुवै चलचित्र, सामाजिक विषयवस्तुमा बनेता पनी दुवै फरक कथा प्रस्तुत गर्दछ।

“एक भागवत र एक गीता“: यस चलचित्रमा अभिनेता विपिन कार्कीले यौन अल्पसंख्यक समुदायको जीवनलाई चित्रण गर्दै “कमलामाई” को भूमिका निभाएका छन्। यस्तो भूमिकाबाट कलाकारले फरक जीवनलाई चित्रण गर्ने मात्र नभई दर्शकलाई पनि अनुभूति गराउन सक्ने उनको विश्वास छ । उनले भने, ‘अभिनयमा विविधता खोज्दा त्यस्ता भूमिकाले कलाकार र दर्शक दुवैलाई अवसर र चुनौती दिन्छ ।

चलचित्रमा धिरज मगर, सुहाना थापा, कविर खड्का, जेभिस श्रेष्ठ, जेविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । ‘एक भागवत र एक गीता’ लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने सरिन पोखरेलले निर्देशन गरेका हुन् । परिछेद सेनको पटकथा, पुरुषोत्तम ढुंगेलको छायाँकन, मित्र डी. गुरुङको सम्पादन  रहेको छ ।

“नाङ्गो गाँउ”: राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामालले निर्देशन गरेको “नाङ्गो गाँउ” ले समाजमा राजनीतिक कथा ल्याउने र ग्रामीण क्षेत्रका समस्याहरुलाई प्रकाश पार्ने लक्ष्य राखेको छ। चलचित्रले राजनीतिक चेतना, राजनीतिक प्रभाव र समाजको अवस्थालाई चित्रण गरेको छ । राजनीतिज्ञ मात्र होइन जनतालाई पनि प्रश्न गर्ने बेला आएको निर्देशक लामाको विश्वास छ । उनले भने, “राजनीतिक परिदृश्यमा जनताको भूमिका, राजनीतिक प्रभाव र समाजमा हामी कसरी खडा छौं भन्ने प्रश्न उठाउन आवश्यक छ।”

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर भण्डारी, कर्म, सम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्ध तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘नाङ्गो गाउँ’को पटकथा निर्देशक दीपेन्द्र लामालले लेखेका हुन् ।

यी दुई नेपाली चलचित्रहरूले कथा र विषयवस्तुहरूको विविधता प्रदान गर्दछ, जसले चलचित्र दर्शकहरूलाई विचार-उत्तेजक र सामाजिक रूपमा सान्दर्भिक सामग्रीसँग संलग्न हुने अवसर प्रदान गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *