बाबर आजमले दिए राजीनामा, मसूद र अफ्रिदी बने नयाँ कप्तान

Spread the love

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नमिठो हर पछि पाकिस्तानी क्रिकेटमा पहिरो गएको छ। बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको तीनवटै फर्म्याट कप्तानीबाट राजीनामा दिएका छन् । बाबरको राजीनामासँगै शाहिद अफ्रिदी टी–२० टोलीको नयाँ कप्तान बनेका छन् भने टेस्ट टोलीको नेतृत्व शान मसूदले गर्नेछन् । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टोलीका लागि कप्तान छनोट गरिएको छैन।

उनको राजीनामा पछि, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एक विज्ञप्ति जारी गर्दै बाबर आजमलाई टेस्ट टोलीको कप्तानको रूपमा निरन्तरता कायम राख्ने विकल्प प्रस्ताव गरे पनि उनले अस्वीकार गरेको उल्लेख गरेको छ। यो निर्णय उनको परिवारसँग छलफल पछि आएको हो, र पीसीबीले बाबरको निर्णयलाई स्वीकार गर्यो र एक खेलाडीको रूपमा उनलाई निरन्तर समर्थन व्यक्त गर्‍यो।

“बाबर आजम एक विश्व स्तरका खेलाडी हुन्, र हामी खेलाडीको रूपमा उनको निरन्तर वृद्धिको कामना गर्दछौं,” पीसीबीका प्रवक्ता जाकिर असरफले भने। “उनी पाकिस्तानले उत्पादन गरेका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक हुन्। उहाँ हाम्रो सम्पत्ति हुनुहुन्छ, र हामी उहाँलाई समर्थन गरिरहनेछौं।”

मसूदले अस्ट्रेलियाविरुद्धको टेस्ट कप्तानी सुरु गर्ने तयारी गरेका छन् । पाकिस्तानले सन् १९९९ देखि अष्ट्रेलियामा लगातार १४ टेस्ट पराजयको सामना गरिसकेको छ जसमा पाँचवटा शृङ्खलामा ह्वाइटवास समेत भएको छ।

२३ वर्षको उमेरमा अफ्रिदीले न्युजिल्यान्डविरुद्धको टेष्ट शृंखलापछिको टी–२० टोलीको नेतृत्व गर्नेछन् । यो उनको पहिलो पटक T20 टोलीको कप्तानी हो।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP