पाल्पामा आज फेरि जिप दुर्घटनामा १३ जना घाइते

Spread the love

पाल्पामा आज भएको बिहान र दिउँसो दुई स्थानमा भएका दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ

पाल्पाको रम्भा नगरपालिका–४ स्थित रानी गाविस–४ नजिक सोमबार बिहान भएको दुर्घटनामा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आजनै अर्को गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु१ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल खण्डको लामडाँडामा दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले पहिलो घटनामा घाइते भएका पाँचै जनाको अवस्था सामान्य रहेको पुष्टि गरेको छ । त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकाकी ४५ वर्षीय तोपकला ज्ञवाली र ३९ वर्षीय दानबहादुर खत्री रहेका छन् । दोस्रो घटनामा घाइते हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का वृद्ध रहेका छन्

सबै जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।घाइते सबैको लुम्बिनी मेडिकल कलेज  उपचार भइरहेको छ।

हिजो पाल्पाको रानीमहल नजिक जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP