पाल्पाको रानीमहल नजिकै भएको हृदयविदारक जीप दुर्घटना हुँदा मृतक ६ जनाको सनाखत भएको छ ।मृतक ६ जना सबै एकै परिवारका भएको खुल्ल
आएको छ। मृत्यु हुनेमा तीन महिला, एक पुरुष र दुई बालबालिका रहेको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का ६५ वर्षीय कृष्णबहादुर लोहनी र उनकी ५५ वर्षीया श्रीमती पार्वती लोहनी, उनकी ३५ वर्षीया छोरी सविना धिताल र दुई नातिनातिना रहेका छन् । ११ वर्षीय सोबिस धिताल र करिब दुई वर्षको बालक ।
दुर्घटनामा परी कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् । देवचुली नगरपालिका–१६ का वडा अध्यक्ष केशवराज गौतमका अनुसार उनीहरु रानीमहल घुम्न जाँदै गर्दा उक्त दुर्घटना भएको हो । उनले भने, “उनीहरू सबै मेरा आफन्त थिए। म सबैलाई चिन्छु।”
लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका कृष्णबहादुर हालै मात्र स्वदेश फर्किएका थिए । परिवार दर्शनका लागि पाल्पाको रानीमहल जाँदै थिए ।
Leave a Reply