Ratopiro Khabar

सत्य र सहि संचार

घट्यो आजबाट पेट्रोल-डिजेलको भाउ, हेर्नुहोस पुरा मुल्यसुचि

Spread the love

 नेपाल आयल निगमले  शनिबार बिहान एक बजेबाट लागू हुने गरी  पेट्रोल र डिजेल र मट्टीतेलको भाउ घटाएको हो।

निगमले  विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ७ पैसा र डिजेलमा ३ रूपैयाँ १६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

हेर्नुहोस यस्तो छ वर्ग अनुसार मुल्य सुचि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *