राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित पार्टीको नगर विस्तार भेलामा भएको सम्बोधनमा जनताका साना-साना समस्या तथा मुद्दामा राहात दिलाउनका लागि राजनीतिक दलको कर्तव्य बताएका छन्। उनले जनतालाई मुद्दामा केन्द्रित गरी उनका चिन्ता राख्दै उनका काममा सहयोग गर्ने आग्रह गरेका छन्।
लामिछाने भने, “हामी जनताका साना-साना मुद्दामा ध्यान दिन्छौं, उनीहरूको काममा हाम्रो सहयोग गर्न चाहन्छौं ।
उनले आफ्ना नेता र कार्यकर्ताहरूलाई जनतासँग आफ्नो सम्बन्ध बनाइएर धान काट्नका लागि आग्रह गरेका छन् ।आवश्यकता परे १५ दिन पार्टीको गतिविधि नगरे पनि जनताको सहयोगका लागि धान काट्नका आग्रह गरेका छन्।
लामिछाने भ्रष्टाचार र अन्य आपराधिक घटनामा संसदबाट विरोध गरेका छन् र एकैपटक ०८४ मा मात्र बोल्ने बताएका छन्। हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले भविष्यलाई मध्यनजर गर्ने आवश्यकता प्रकट गरेका छन्। पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईले जनताको आवश्यकतामा मसिनो ढंगले अध्ययन गरी समाधान गर्दै जाने बताएका छन्। इस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाल लगायतले नगर भेलामा शुभकामना दिएका थिए।
Leave a Reply