राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएको छ । अमरसिंह चोकस्थित अमरसिंह मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले एक युवाले मकैको खोया आक्रमण गरेका हुन। आक्रमणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीका प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले २८ वर्षीय सन्तोष राना भट्टलाई नियन्त्रणमा लिएको बताए हुन।
‘उनी मकै खाएर बसेका रहेछन् खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् कास्कीका प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले भने तर प्रत्यक्षदर्शीका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका थिए ।
Leave a Reply