राष्ट्रिय स्वाभिमान पार्टी (रास्वपा)ले भूकम्पपीडितका परिवारका सदस्यलाई आ–आफ्नो जिल्ला फर्कन निःशुल्क बसको व्यवस्था गरेको छ ।
भूकम्पको प्रभावका कारण काठमाडौंबाट तुरुन्त जाजरकोट र रुकुम पश्चिम जान चाहनेलाई नयाँ बसपार्कमार्फत आज र भोलि निःशुल्क बस सेवा उपलब्ध गराइएको छ । रास्वपाले यो जानकारी दिएको हो ।
आफ्नो जिल्ला फर्कन चाहने व्यक्तिले मदन थापालाई ९८४०२६६७९७ मा सम्पर्क गर्न रासवापाले अनुरोध गरेको छ ।
Leave a Reply