नदीमा डुबेर एकै परीवारका दुई दाजुभाइको ज्यान गयो

Spread the love

 

  पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर दुई दाजुभाइको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो गैँडाकोट नगरपालिकाको वडा नं ७ गैरी नजिकै घटना भएको हो ।

घटनामा गण्डकोट नगरपालिका वडा नं ७ गैरी बस्ने १४ वर्षीय सविन कुमाल र ९ वर्षीय संगम कुमाल दुई दाजुभाइको ज्यान गएको हो । उनीहरु डुबेको खबर स्थानीय प्रहरी र प्रशासनमा पुगेपछि उनीहरुले खोजी तथा उद्धार कार्य शुरु गरेका थिए । दुवै दाजुभाइलाई पानीबाट उद्धार गरी तत्काल उपचारका लागि भरतपुर मेडिकल कलेज पठाइएको थियो ।

दुःखको कुरा, उनीहरुलाई  अपराह्न ४ बजे अस्पतालमा मृत घोषणा गरिएको थियो । घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान थालेको छ । नारायणी नदीको किनारमा खेल्दै गर्दा दुई युवाको डुबेर मृत्यु भएको यस घटनाले गैँडाकोट क्षेत्रमा  शोक ल्याएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP