नेपालका दिवंगत सविंधानसभा अध्यक्ष र एमाले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन्। उनी र उनीहरूको परिवारले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।
नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट र त्यस्तै, कान्छा छोरा सुहाङ अस्ट्रेलियाबाट पनि नेपाल आइपुगेका हुन।
बुबालाई श्रद्धाञ्जली दिने क्रममा उनीहरू भावविह्वल भएका थिए र बुबालाई श्रद्धाञ्जली दिँदै गर्दा उपस्थित अन्य नेता, कार्यकर्ताको समेत आँखा रसाएका थिए।
नेम्वाङको पार्थिव शरीर अहिले १ बजे पछि निजी निवास बालुवाटारमा रहेको छ र उनको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा बिहीबार बिहान ११ बजे गर्ने कार्यक्रममा छ।
Leave a Reply