नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ।
पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात आएको थियो। त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरू अस्पताल पुगेका छन्।
उनले स्नातक अध्ययनका क्रममा विसं २०२८ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका थिए।नेपाली राजनितिना उनलाई राम्रो नेता मानिन्छ ।उनि एमालेको मात्र नेता नभएर पुरा देशको शाझा नेता थिए ।
Leave a Reply