संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफू मन्त्री बनेसँगै मन्त्री किरातीले खादा माला नलगाउने बरु सो बापतको रकम दानपेटीकामा हाल्न मन्त्रालयमा नै व्यवस्था मिलाएका थिए आज त्यो उठेको रकम स्थानीय विद्यालयमा हस्तान्तरण गरेका छन् ।
चन्दा संकलनमा जम्मा भएको कुल रु ६ लाख २६ हजार २४ हजार रुपैयाँ उहाँको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भोजपुरको आमचोकस्थित सरस्वती मा वि लाई हस्तान्तरण गरिएको छ ।
मन्त्री किराती असोज १३ गते सम्म जिल्ला भ्रमणमा रहेका छन र यो पटको दशैं मन्त्रीले मैयुङडाँडामा चौरीपालक र गोठाला किसानसँग मनाउने बताएका छन । भ्रमणका क्रममा उनले आफ्नो सम्मानमा सार्वजनिक जमघट वा स्वागत द्वार नगर्न पनि जिल्ला प्रशासनलाई निर्देशन दिए ।
साथै उनले कुनै पनि औपचारिक कार्यक्रममा प्रमुख अतिथि नबनाउन अनुरोध गर्दै ज्येष्ठ नागरिकलाई प्रमुख अतिथिका रुपमा प्राथमिकता दिन सुझाव दिए ।
Leave a Reply