Ratopiro Khabar

सत्य र सहि संचार

१४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखाका चन्द्र घले पक्राउ (भिडियो सहित)

Spread the love

झण्डै १४ किलो सुनसहित गोरखाका चन्द्र घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारले पक्राउ गरेको हो । बिहीबार राति फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौं आइपुगेका  थिए । बरामद सुनको स्रोत र स्वामित्वबारे थप अनुसन्धान भइरहेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

 चन्द्र घलेले सुनको प्लेट बनाएर आफ्नो शरीरमा सुन लुकाएर ल्यएका थिए ।  निरीक्षणका क्रममा बरामद भएको सुनको आज विस्तृत परीक्षण र गुणस्तर मापल हुने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।।  घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको छ थप जानकारी सङ्कलन गर्न थप अनुसन्धान  भइरहेको छ।

 घले बुधबार दुबईको उडानबाट नेपाल आउने विशेष स्रोतवाट जानकारी प्राप्त भएको थियो ।त्येसै विशेष स्रोतकारण बुधबारदेखि विमानस्थलमा निगरानी थालिएको थियो तर बुधबार घले नआएपछि  बिहीबार पनि विमानस्थलका कर्मचारीले उडानको अनुगमन जारी राखेका थिए र आज बिहीबार झण्डै १४ किलो सुनसहित घलेलाई पक्रन सफल भएको छ।बारम्बार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो मात्रामा सुन बारामत हुदै आएको छ

चन्द्र घलेले यसरी लिएर आएका थिए १४ किलो सुन video मा हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *