Ratopiro Khabar

सत्य र सहि संचार

टिकटक प्रतिबन्धको खिलाफ सर्वोच्चमा १० वटा रिट,के होला खुल्ला ?

Spread the love

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धको खिलाफ सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएको  सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद अधिकारी जनाएका छन्।

सबै रिटको सुनुवाइ सोमबार हुनेछ भने उनले बताए।आइतबार छठ पर्वको बिदा परेको हुदा सोमबारमा  सुनुवाइ हुनेछ ।

सरकारले कात्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो जसमा सामाजिक सद्भाव बिग्रिनले टिकटक बन्द गर्ने निर्णय लिएको थियो।

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धको खिलाफ सकारात्मक र नकारात्मक दुवै पक्षबीच प्रतिक्रिया आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *